यस्तो छ कक्षा १२ को पुनर्योगको नतिजा

हिमाल प्रेस २६ असोज २०८० १३:४४ | Friday, October 13, 2023
यस्तो छ कक्षा १२ को पुनर्योगको नतिजा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ। बोर्डले २०८० वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीरूको अन्तिम चरणको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित सम्पर्क गर्न बोर्डले सूचना जारी गरेको छ।

साथै पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीले कात्तिक १० गतेभित्र प्रतिविषय दुई हजार रुपैयाँ शुल्क बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेस गर्न सक्नेछन्।

प्रकाशित: २६ असोज २०८० १३:४४ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast