‘झम्के झमा झम’मा टिकटक बनाउनेलाई पुरस्कार

हिमाल प्रेस २६ असोज २०८० १२:३१ | Friday, October 13, 2023
‘झम्के झमा झम’मा टिकटक बनाउनेलाई पुरस्कार

काठमाडौँ- निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’मा टिकटक र युट्युब भिडियो बनाउनले पुरस्कार पाउन निर्माण पक्षले जनाएको छ।

गीतको ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरिएको छ। ‘झम्के झमा झम’मा उत्कृष्ट टिकटक र युट्यब भिडियो बनाउनेले ५० हजारदेखि डेढ लाखसम्मको पुरस्कार जित्न सक्ने छन्। उत्कृष्ट टिकटकका लागि ५० हजार र युट्युब भिडियोका लागि डेढ लाख पुरस्कार पाउने निर्माण पक्षको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले टिकटक तथा युट्युबमा भिडियो बनाएर पोस्ट गर्नुपर्ने छ। सुमित खड्का र नम्रता काफ्ललेको स्वर रहेको गीतमा शब्द, संगीत, संयोजन बाबुल गिरीको रहेको छ। शेखर घर्तिमगरले कोरियोग्राफ गरेको गीतमा स्वस्तिमा खड्का, दयाहाङ राई, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, विजय बराल, अर्पण थापालगायत कलाकारको नृत्य छ।

कात्तिक २४ मा प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, खगेन्द्र संग्रौला, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकार छन्।

प्रकाशित: २६ असोज २०८० १२:३१ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast