नेताको बन्धक बन्यो अधिवेशन

एमाले सुदूरपश्चिम अधिवेशन : सर्वसम्मति न चुनाव

हिमाल प्रेस २५ असोज २०८० ९:२६ | Thursday, October 12, 2023
एमाले सुदूरपश्चिम अधिवेशन : सर्वसम्मति न चुनाव

काठमाडौँ– ५ दिनदेखि जारी नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन अझै सकिएको छ। सर्वसम्मति नेतृत्व गर्ने प्रयत्नले

नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा नेतृत्वको लागि सहमति जुटाउन गरिएको पाँच दिन लामो प्रयास असफल भएको छ। अहिले पनि नेताहरू सर्वसम्मतिकै प्रयत्नमा छन्। ‘सर्वसम्मति नै गर्ने भनिएको छ। न चुनाव, न सर्वसम्मति। केही हुने छाटकाँट छैन।’

खासगरी उपसचिवमा सहमति जुट्न नसक्दा सर्वसम्मतको प्रयास असफल भएको हो। एमाले पूर्वउपाध्यक्ष भीम रावल पक्षले सर्वसम्मतिका लागि दुई उपसचिव माग्दा सकस भएको हो।

अध्यक्षका लागि अहिलेसम्म कृष्णप्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायमै रहेको बताए । दुई जनाको उम्मेदवारी कायमै रहेपछि मतदान हुने भएको हो। जैशी अध्यक्ष केपी शर्मा ओली पक्षधर उम्मेदवार हुन्। उनलाई नै सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्नमा एमालेको संस्थापन पक्ष लागेको छ।

यसअघि अध्यक्षका लागि जैसी र साउदसहित कमल तिमिल्सेना, बच्चन सिंहले पनि उम्मेदवारी दिएका थिए। तर नेताहरुबीच जैसीमा केन्द्रित रही सहमतिको खाका ल्याएपछि तिमिल्सिना र सिंहले उम्मेदवारी फिर्ता लिएका थिए। बच्चन एमालेका लेखराज भट्ट निकट हुन् भने कमल दामोदर भण्डारी निकट हुन्। सर्वसम्मत बनाउन खोजिएका कृष्ण कर्ण थापा निकट हुन्। थापा निकट उम्मेदवारलाई नै अध्यक्ष बनाउन एमाले अध्यक्ष लागेको छ।

सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्।

अध्यक्षमा जैसी, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन्। मतदान स्थलमा रहेका अधिवेशन प्रतिनिधि भने आक्रामक बन्न थालेका छन्। उनीहरू छिटो भन्दा छिटो नेतृत्व चयन गर्न दबाब दिइरहेका छन्। केन्द्रीय नेताको हस्तक्षेपले अधिवेशन अनिश्चित बनेको उनीहरूको आरोप छ।

प्रकाशित: २५ असोज २०८० ९:२६ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast