केन्द्रीय सदस्य बनाउने आश्वासनपछि तिमिल्सिनाले लिए अध्यक्षबाट उम्मेदवारी फिर्ता

हिमाल प्रेस २४ असोज २०८० १२:२२ | Wednesday, October 11, 2023
केन्द्रीय सदस्य बनाउने आश्वासनपछि तिमिल्सिनाले लिए अध्यक्षबाट उम्मेदवारी फिर्ता

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्ष उम्मेदवार कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। उनलाई केन्द्रीय नेताहरूले केन्द्रीय सदस्य बनाउने आश्वासन दिएपछि अध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन्। उनीसँगै उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । तिमिल्सिना एमाले नेता दामोदर भण्डारी निकट हुन्।

तिमिल्सिनाले कर्ण थापा निकट कृष्णप्रसाद जैशीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्। एमाले स्रोतका अनुसार अब लेखराज भट्ट निकट बचनबहादुर सिंहलाई पनि सहमति गराउने प्रयास भइरहेको छ। ‘पदाधिकारीमा अटाएर लैजाने प्रयास छ। सिंहको प्यानल छैन। एक्लै लड्न सक्ने अवस्था छैन।’

एमाले निकट एक नेताले भने,‘जैसीलाई नै समर्थन गराउने प्रयास भइरहेको छ।’ अब अध्यक्षको मैदानमा कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउद छन्। साउद भीम रावल पक्षधर हुन्। साउदबाहेककालाई सहमति गराउने पक्षमा एमाले रहेको छ।

उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।

प्रकाशित: २४ असोज २०८० १२:२२ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast