इजरायलबाट नेपाली तत्काल ल्याउने व्यवस्था मिलाउन सभामुखको आग्रह

हिमाल प्रेस २४ असोज २०८० १०:११ | Wednesday, October 11, 2023
इजरायलबाट नेपाली तत्काल ल्याउने व्यवस्था मिलाउन सभामुखको आग्रह सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

सभामुख घिमिरेले शोक वक्तव्य जारी गरी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गरेका छन्।

‘सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्किन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु’, शोक सन्देशमा भनिएको छ।

सभामुख घिमिरेले विद्रोही आक्रमणमा घाइते भई स्थानीय अस्पतालमा उपचाररत नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीनको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रकाशित: २४ असोज २०८० १०:११ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast