केन्द्रले माग्यो ‘शिक्षक पेसागत विकास प्रारूप’ मा सुझाव [मस्यौदासहित]

हिमाल प्रेस २३ असोज २०८० १५:४८ | Tuesday, October 10, 2023
केन्द्रले माग्यो ‘शिक्षक पेसागत विकास प्रारूप’ मा सुझाव [मस्यौदासहित]

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूपमा रायसुझाव माग गरेको छ। केन्द्रले मंगलबार सूचना जारी गर्दै शिक्षक पेसागत विकास प्रारूप, २०७२ (परिमार्जित पहिलो संस्करण, २०८०) को मस्यौदामा रायसुझाव र पृष्ठपोषण माग गरेको हो।

केन्द्रले शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनपछि लुम्बिनी, चितवन र काठमाडौँमा शिक्षासम्बद्ध सरोकारवालाको उपस्थितिमा कार्यशाला आयोजना गरी परिमार्जित मस्यौदामाथि छलफल गराई मस्यौदा तयार पारिएको जनाएको छ।

‘मस्यौदा प्रारुपको अध्ययन गरी रचनात्मक रायसुझाव तथा पृष्ठपोषण सात दिनभित्र उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ’, केन्द्रले शिक्षासम्बद्ध सरोकारवालााई सम्बोधन गरेको सूचनामा भनिएको छ। मस्यौदामा शिक्षक पेसागत विकासका आधारहरू, शिक्षक पेसागत विकासका विधिहरू विभिन्न सरोकारवालाहरूको भूमिका समावेश छ।

 

 

प्रकाशित: २३ असोज २०८० १५:४८ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast