यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ जना नेपाली

हिमाल प्रेस २२ असोज २०८० १८:५२
34
SHARES
यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ जना नेपाली

काठमाडौँ– हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूको इजरायली सेनाले उद्धार गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुइस रिजालका अनुसार त्यहाँको सेनाले सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यु गरेको हो।

परराष्ट्रमन्त्रालयका अनुसार ३२ जना नेपालीको उद्धार गरिएको हो। उनीहरू सबै अहिले सेनाको क्याम्पभित्र छन्। दुई दिनदेखि राम्रोसँग खाना, पानी खान नपाएका उनीहरूलाई सेनाले पानीसहित खानेकुराहरू दिएको उद्धार भएपछि सेनाको घेराभित्र रहेका रिजालले फेसबुकमार्फत जानकारी दिएका छन्।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ। गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।

यी हुन् उद्धार गरिएका ३२ जना नेपाली

रमेशबहादुर कार्की
विनोदप्रसाद साह
आभाष भट्टराई
नरेशसिंह भण्डारी
लोकेन्द्र बिष्ट
रोहित नायक
निरन्जनकुमार कुसवाहा
अर्बिनकुमार चौधरी
उपेन्द्र जीसी
ओमप्रकाश उपाध्याय
गणेश साउद
बादल सुवेदी
प्रविन बीसी
गणेशप्रसाद जोशी
नविन घिमिरे
श्रेया तिवारी
विपना जोशी
नारायण भुसाल
मनिषा खनाल
लुइस रिजाल
प्रमोद भट्ट
अनुप अधिकारी
समर्पण आचार्य
निश्चल पाण्डे
विभुषा अधिकारी
सुष्मा रेग्मी
रचना चौधरी
आशा मिश्र
कल्पना जोशी
शीलाकुमारी यादव
साधना बोहरा
विपिन सुवेदी

प्रकाशित: २२ असोज २०८० १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast