कर्फ्यु खुकुलो, सामान्य बन्दै नेपालगञ्ज

हिमाल प्रेस २१ असोज २०८० १७:४६
8
SHARES
कर्फ्यु खुकुलो, सामान्य बन्दै नेपालगञ्ज नेपालगन्ज बजार क्षेत्र। फाइल तस्बिर : हिमाल प्रेस

नेपालगञ्ज- नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ। उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाएर रातिको कर्फ्यु कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो। जसले गर्दा विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन्।

जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म ५ जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको बताएको छ।

दिउँसो कर्फ्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन। साथै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। रासस

प्रकाशित: २१ असोज २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast