बगुवाको शान्ति माविमा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

हिमाल प्रेस १८ असोज २०८० १६:४८ | Thursday, October 5, 2023
बगुवाको शान्ति माविमा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ- गोरखाको भीमसेन थापा गाउँपालिका-५ बगुवास्थित शान्ति माध्याविक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। बुधबार विद्यालयमा एक कार्यक्रम गरी एड्भेन्चर ए वान ट्रेकिङ नेपालको समन्वयमा आईएएफएन बेलायतले शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा आठवटा ल्यापटप, २३४ वटा ट्रयाकसुट, खेलकुदका सामग्री हस्तान्तरण गरियो। साथै विद्यालयका कक्षा ८, ९, १०, ११ का छात्राहरूलाई एक वर्षलाई पुग्ने सेनेटरी प्याड पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा समन्वय गर्ने एड्भेन्चर ए वान ट्रेकिङ नेपालका सञ्चालक अजिव भट्ट र सहयोग गर्ने संस्थालाई गाउँपालिका प्रमुख लोकप्रसाद बन्जरालगायतले धन्यवाद दिँदै आगामी दिनमा पनि विभिन्न कार्यक्रममा सहकार्यको लागि तयार रहेको जानकारी गराए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बन्जरा, गाउँपालिकाकी उपप्रमुख अमृता वस्ती, गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रामकृष्ण ढकाल, स्थानीयहरू र विद्यार्थीहरू सहभागी थिए।

प्रकाशित: १८ असोज २०८० १६:४८ | Thursday, October 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast