कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि विराटनगर पुगे ओली

हिमाल प्रेस १२ असोज २०८० १२:०९ | Friday, September 29, 2023
कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि विराटनगर पुगे ओली

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली विराटनगर पुगेका छन्।

आजदेखि विराटनगरमा सुरु हुने अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ। विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ। यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन।

अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिएका छन्। अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदूर समेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने भएका छन्।

प्रकाशित: १२ असोज २०८० १२:०९ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast