दमकमा छुरा प्रहारबाट हत्या

हिमाल प्रेस १२ असोज २०८० ९:४१ | Friday, September 29, 2023
दमकमा छुरा प्रहारबाट हत्या

काठमाडौँ- झापाको दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ ।इलामको चुलाचुली गाउँपालिका३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो।

दमक १ कुमाल चोकस्थित एक होटेलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका उनीसहितको समूहमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: १२ असोज २०८० ९:४१ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast