मण्डलामा ‘ब्युँझिएको सिरानी’ मञ्चन हुँदै

हिमाल प्रेस ११ असोज २०८० १५:१८ | Thursday, September 28, 2023
मण्डलामा ‘ब्युँझिएको सिरानी’ मञ्चन हुँदै

काठमाडौँ- थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन हुने भएको छ। वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ समाजको सह प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो।

असोज १६ गतेदेखि नाटक मञ्चन हुनेछ। असोज २८ सम्म मञ्चन गरिने नाटक मानसिक स्वास्थ्यको विषयमा आधारित छ। कलाकार तथा कोरियोग्राफर जेडी तमूले नाटक निर्देशन गर्नेछन्। नाटक प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुने छ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

बिहीबारदेखि नाटकको अग्रिम बुकिङ पनि खुलाइएको छ। बुकिङ्स ‘मण्डलाथिएटरडटकम’मार्फत गर्न सकिनेछ। नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायतले अभिनय गर्नेछन्।

प्रकाशित: ११ असोज २०८० १५:१८ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast