पर्यटनमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

हिमाल प्रेस १० असोज २०८० ११:२५ | Wednesday, September 27, 2023
पर्यटनमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ- नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन्। विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई मन्त्रीद्वारा स्वागत गरिएको हो।

आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन्। बिहान प्रभातफेरी गरिएको छ। ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो। त्यस्तै पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा भइरहेको छ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ। ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ।

प्रकाशित: १० असोज २०८० ११:२५ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast