बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

हिमाल प्रेस १० असोज २०८० ६:५७ | Wednesday, September 27, 2023
बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ- ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् ।​

वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको हो। धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।​

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मंगलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए्।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए। प्रहरीको खोजी सूचीमा रहेका धमलाले सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका छन्।

पक्राउ परेका धमलालाई ओखलढुंगा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो। अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो। उनी अहिले जेलमै छन्।

प्रकाशित: १० असोज २०८० ६:५७ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast