आजको मौसम : उच्च पहाडी भूभागमा हिमपात

हिमाल प्रेस २ पुष २०७९ ६:४६
4
SHARES
आजको मौसम : उच्च पहाडी भूभागमा हिमपात फाइल तस्बिर।

काठमाडौँ- देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित: २ पुष २०७९ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =