जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

हिमाल प्रेस ८ असोज २०८० ७:११ | Monday, September 25, 2023
जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ।

पार्टीको धरान उपमहानगर समितिकोे कार्यालयमा आइतबार सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई, मुख्यसचिव प्रशन्न राई, सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधान बमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।

प्रकाशित: ८ असोज २०८० ७:११ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast