‘हात्तीछाप’को दोस्रो पोस्टरमा दयाहाङ र उपासना

हिमाल प्रेस ७ असोज २०८० १४:३४ | Sunday, September 24, 2023
‘हात्तीछाप’को दोस्रो पोस्टरमा दयाहाङ र उपासना

काठमाडौँ- फिल्म ‘हात्तीछाप’को अर्को पोस्टर सार्वजनिक भएको छ। जसमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ।

गत साता फिल्मको पहिलो पोस्टर बाहिरिएको थियो। पोस्टरमा अभिनेता सौगात मल्ल थिए। उनलाई ‘बोतल राजा’का रूपमा प्रस्तुत गरिएको थियो। सो पोस्टरसँगै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको थियो। फिल्म माघ २६ मा प्रदर्शनमा आउनेछ।

सिमोस सुनुवारको निर्देशन, प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगात, दयाहाङ राई, उपासना मुख्य भूमिकामा रहेका छन्। उनीहरूसँगै फिल्ममा बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सनविक्रम राईलगायत कलाकारको अभिनय पनि रहनेछ।

काठमाडौँ र पोखरामा खिचिएको फिल्ममा सुशन प्रजापतिको छायांकन छ। सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित: ७ असोज २०८० १४:३४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast