देउवाले गरे चन्द्र भण्डारीसहित ८ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

हिमाल प्रेस ४ असोज २०८० १४:४७ | Thursday, September 21, 2023
देउवाले गरे चन्द्र भण्डारीसहित ८ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन्। सभापति देउवाले आज बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बाग्लुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

पार्टीको विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने भए पनि देउवाले महाधिवेशन भएको १९ महिनापछि पनि केन्द्रीय सदस्य मनोनीत गरिरहेका छन्। २०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए।

कांग्रेस केन्द्रीय समितिको बैठक पनि आज बस्दैछ।

 

प्रकाशित: ४ असोज २०८० १४:४७ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast