काठमाडौँ- दोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। पहिलोपटक हुन लागेको सोमा ४२ जना प्रतियोगी हुनेछन्।
पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा निर्णायक मण्डलमा रहनेछन्।
डीएआर मुभिजले आयोजना गर्न लागेको रियालिटी सोको विजेताले नगद १५ लाख रुपैयाँ र कार जित्नेछ। प्रतियोगितामा दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख नगद पाउनेछन्।
नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने रियालिटी सोको छायांकन माघबाट सुरु हुने आयोजकले जनाएको छ।
प्रकाशित: १ पुष २०७९ १५:३९
प्रतिक्रिया