डेंगु संक्रमणबाट बालिकाको मृत्यु

हिमाल प्रेस ४ असोज २०८० ९:३६ | Thursday, September 21, 2023
डेंगु संक्रमणबाट बालिकाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- डेंगु संक्रमणबाट इलामकी एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ४ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

इलामको रोङ गाउँपालिका ३ निवासी ददिराम राईकी ४ वर्षीया छोरी निहान राईको डेंगु संक्रमणबाट बुधबार मृत्यु भएको हो।

भदौ ३० गते ११ बजे राति उनलाई उपचारका लागि झापा ल्याइएको थियो। झापाको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उनको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: ४ असोज २०८० ९:३६ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast