देशव्यापी प्रदर्शनमा राप्रपा नेपाल

हिमाल प्रेस ३ असोज २०८० ८:५४ | Wednesday, September 20, 2023
देशव्यापी प्रदर्शनमा राप्रपा नेपाल फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालले आज असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुतला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रदर्शन  सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रातृसंगठन र आमजनतालाई आह्वान  गरेको  छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय आन्दोलनको तयारीमा छ।

यसैबीच पार्टीका अध्यक्ष कमल थापाले संविधान दिवसको शुभकामना दिँदै संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, स्थानीय स्वायत्त शासन,जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समावेशी प्रतिनिधित्वको सिद्धान्तमा आधारित नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरौँ।’

प्रकाशित: ३ असोज २०८० ८:५४ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast