सर्पले डसेर किशोरीको मृत्यु

हिमाल प्रेस १ असोज २०८० १२:०४ | Monday, September 18, 2023
सर्पले डसेर किशोरीको मृत्यु सांकेतिक तस्बिर।

दैलेख- सर्पले डसेर दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।

आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो। उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो।

घरमा आमा र उनी मात्र थिइन्। दाइ निराजन काठमाडौँ छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।

भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।

प्रकाशित: १ असोज २०८० १२:०४ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast