‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को पुरस्कार राशि वृद्धि

हिमाल प्रेस १ मंसिर २०७९ ११:३४ | Thursday, November 17, 2022
‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को पुरस्कार राशि वृद्धि

पोखरा- नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी ६ फागुनमा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को पुरस्कार राशि वृद्धि गरिएको छ। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख पाउनेछन्।

गत वर्ष ४ लाख थियो। सोही इभेन्टमा दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार कायम गरिएको छ यसपालिदेखि गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन्।

पहिलोले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ। हाफ म्याराथन महिलातर्फ प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वनाले १५ हजार, १० किमी महिला तथा पुरुष दौडमा प्रथमले ३ हजार, द्वितीयले २० र तृतीयले १५ हजार प्राप्त गर्नेछन्।

विद्यालयस्तरीय छात्र/छात्रा, ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार बढाइएको मञ्चले जनाएको छ। पुरस्कार राशि वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण गर्न मञ्चको ध्यान केन्द्रित गरिएको अध्यक्ष पराजुलीले बताए।

गत संस्करणमा पुरस्कारमा मात्रै १२ लाख २६ हजार खर्च भएकोमा यसपालि १७ लाख ५२ हजार खर्च लाग्ने आयोजकले जनायो।

मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने पराजुलीको मूल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समिति समेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताए। सुजल डेरीको उत्पादन सफल दुध पोखरा म्याराथनको मुख्य प्रायोजक हो।

प्रकाशित: १ मंसिर २०७९ ११:३४ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast