एनआईसी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव

हिमाल प्रेस २९ भदौ २०८० १५:१७ | Friday, September 15, 2023
एनआईसी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को लागि ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

६२९औँ बैठकले गत वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत बराबर हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश हुने बैंकले जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औँ वार्षिक साधारण सभाले स्वीकृत दिएपछि वितरण गरिने छ।

एनआईसी एशिया बैंकका मुलुकभर ३६० शाखा कार्यालय, ६०८ एटीएम, १०९ वटा विस्तारित काउन्टर र ६१ वटा शाखारहित एकाइ छन्।

प्रकाशित: २९ भदौ २०८० १५:१७ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast