इलाम-२ रिक्त भएको सदनलाई जानकारी

हिमाल प्रेस २९ भदौ २०८० १३:४३ | Friday, September 15, 2023
इलाम-२ रिक्त भएको सदनलाई जानकारी सभामुख देवराज घिमिरे।

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा इलाम निर्वाचन क्षेत्र नम्बर-२ रिक्त भएको जानकारी गराइएको छ। सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएको छ।

संविधानको धारा ८९ को च मा प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा निज निर्वाचित क्षेत्र रिक्त हुने व्यवस्था छ। सोहीअनुसार सभामुख घिमिरेले इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अब उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य चयन हुनेछ।

प्रकाशित: २९ भदौ २०८० १३:४३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast