प्रदर्शनमा ‘एक भागवत र एक गीता’ र ‘नाङ्गोगाउँ’

हिमाल प्रेस २९ भदौ २०८० ११:३३ | Friday, September 15, 2023
प्रदर्शनमा ‘एक भागवत र एक गीता’ र ‘नाङ्गोगाउँ’

काठमाडौँ- दुई नेपाली फिल्म ‘नाङ्गोगाउँ’ र ‘एक भागवत र एक गीता’आजदेखि प्रदर्शनमा आएका छन्। राजनीति कथावस्तुमा आधारित फिल्म ‘नाङ्गो गाउँ’ दिपेन्द्र लामाले निर्देशन गरेका छन्।

निर्देशक लामाकै लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, सविन बास्तोला लगायत कलाकारको अभिनय छ। हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादनमा बनेको छ।।

त्यस्तै ‘एक भागवत र एक गीता’ फिल्म झरना थापाले निर्देशन गरेकी छन्। फिल्ममा विपिन कार्की सुहाना थापा, धिरज मगर, कबीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर बालकलाकार जेभिस र जेभिन श्रेष्ठको अभिनय छ।

कलाकार सुहाना थापाको कन्सेप्ट, निर्देशक झरना थापाको कथा रहेको फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा छ। भने संवाद परिक्षेद र पुरुषोत्तमले नै लेखेका छन्।

राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ। फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

दुइटै फिल्म नेपालका प्राय हलमा सो पाएको छ। क्यूएफएक्स सिनेमाज,वान सिनेमाज, आइएनआइ सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाजलगायतका हलमा सो छ। यसबाहेक हलमा बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ प्रदर्शनरत छ।

प्रकाशित: २९ भदौ २०८० ११:३३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast