एकीकृत समाजवादीका लुम्बिनी सचिवले छाडे पार्टी

हिमाल प्रेस २९ भदौ २०८० ६:३३ | Friday, September 15, 2023
एकीकृत समाजवादीका लुम्बिनी सचिवले छाडे पार्टी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुंगो।’ उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। पार्टी छाड्नुको कारणबारे सोध्न खोज्दो गुरुङसँगको सम्पर्क प्रयास सफल भएन।

प्रकाशित: २९ भदौ २०८० ६:३३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast