एसिया कप : ४२ ओभरमा श्रीलंकालाई २५३ रन आवश्यक

हिमाल प्रेस २८ भदौ २०८० २१:४२ | Thursday, September 14, 2023
एसिया कप : ४२ ओभरमा श्रीलंकालाई २५३ रन आवश्यक

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरअन्तर्गत पाकिस्तानले श्रीलंकालाई २५३ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पाकिस्तानले ७ विकेटको क्षतिमा २५२ रन बनाएको हो।

वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा छुट्याइएको छ। खेल सुरु हुन अघिदेखि नै वर्षा भएपछि ४५ ओभरको खेल निर्धारण गरिएको थियो। पाकिस्तानले २८औँ ओभर ब्याटिङ गररिहँदा फेरि पानी परेपछि ओभर झन घटाइएको हो।

पाकिस्ताले १३० रनमा ५ विकेट गुमाए पनि महम्मद रिजवान र इफ्तिखर अहमदले पाकिस्तानी स्कोर उकासे। विकेट किपर ब्याटर रिजवानले ७३ बलमा ८६ रन बनाए। त्यस्तै अहमदले ४० बलमा ४७ रन बनाए। उनीहरूले १०० रनका साझेदारी गरे।

यसअघि ओपनर ब्याटर अब्दुल्लाह शफिकले ५२ तथा कप्तान बाबर आजमले २९ रनकाे योगदान दिए। आजको खेल जित्ने टिमले आइतबार भारतसँग फाइनल खेल्नेछ।

प्रकाशित: २८ भदौ २०८० २१:४२ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast