नेकपा एसको सचिव बने हरि पराजुली, अन्य नेताको पनि जिम्मेवारी हेरफेर [सूचीसहित]

हिमाल प्रेस २८ भदौ २०८० १६:५२ | Thursday, September 14, 2023
नेकपा एसको सचिव बने हरि पराजुली, अन्य नेताको पनि जिम्मेवारी हेरफेर [सूचीसहित]

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको उल्लेख छ।

भदौ १८ देखि २२ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा २१ जना सदस्य मनोनीत पनि गरेको छ। त्यस्तै अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा संघीयनिर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ।

अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने छन्। सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, उपाध्यक्ष प्रमेश हमाललाई विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाल, उप्रप्रमुख उपमहासचिव प्रकाश ज्वाललाई दिइएको छ।

उपाध्यक्ष राजेन्द्र पाण्डेलाई संघीय संसदीय विभाग र राजकीय मामिला विभागको जिम्मेवारी दिइएको छ। त्यस्तै, स्कुल विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ।

प्रकाशित: २८ भदौ २०८० १६:५२ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast