ढाकाकुमारलाई रास्वपाको चुनौती : रकम मागेको प्रमाण ल्याऊ, ७२ घन्टा जोकोहीलाई कारवाही गर्छौ

हिमाल प्रेस २७ भदौ २०८० १४:०२ | Wednesday, September 13, 2023
ढाकाकुमारलाई रास्वपाको चुनौती : रकम मागेको प्रमाण ल्याऊ, ७२ घन्टा जोकोहीलाई कारवाही गर्छौ

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई प्रमाण ल्याउन चुनौती दिएको छ।

विभिन्न मिडियामा रास्वपाका नेताले रकम मागेको बताउँदै आएका श्रेष्ठलाई प्रमाण लिएर आउन चुनौती दिएको हो। रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तीमा विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच नपुर्‍याउन अनुरोध गरिएको छ।

श्रेष्ठले तीन करोड रुपैयाँ मागेको अडियो केही समयअघि सार्वजनिक भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवाद गरिएको अडियोमा रास्वपाले आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको बताएका थिए।

त्यसपछि उनको सांसद पद गएको थियो। श्रेष्ठले मिडियामार्फत सोही अडियो आफ्नै भएको र रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापाले रकम मागेको खुलासा गरेका थिए।
यसअघि प्रसाईंसँगको अडियोमा रास्वपा सभापति रवि लामिछानेको ‘कोर टिम’ले रकम मागेको बताएका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।’

प्रकाशित: २७ भदौ २०८० १४:०२ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast