काठमाडौँ- नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेटलले फोर्स अरबानीया भ्यान सार्वजनिक गरेको छ।
मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उक्त भ्यान सार्वजनिक गरिएको हो। उक्त भ्यानको माग भारतमा अत्यधिक रहेको र नेपालमा बहुप्रतिक्षित मानिएको कम्पनीको भनाइ छ।
भ्यान नेपालमा आयातित माइक्रोबसहरूमध्ये सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको बताइएको छ। ‘यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त भ्यान १५ र १८ सिट क्षमतामा उपलब्ध छन्। १५ सिटे भ्यानको मूल्य ८२ लाख ९९ हजार रुपैयाँ १८ सिटे भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ।
प्रकाशित: २६ भदौ २०८० २१:१४ | Tuesday, September 12, 2023
प्रतिक्रिया




