एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

हिमाल प्रेस २६ भदौ २०८० १२:१९ | Tuesday, September 12, 2023
एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन भएको छ।
रौतहट घर भएका विश्वकर्माको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो।

अध्यक्ष माधवकुमार नेपालको सचिवालयका अनुसार केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन भएको छ।

अध्यक्ष नेपालले नेता विश्वकर्मालाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘उहाँले कम्युनिष्ट आन्दोलन, नेपालको मुक्ति आन्दोलन र काठमाडौंमा रहेका रौतहटवासीका बीच निर्वाह गर्नुभएको राजनीतिक तथा सामाजिक कार्यलाई हामी सदैव सम्मानपूर्वक सम्झिरहनेछौं।’

विश्वकर्माको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ।

प्रकाशित: २६ भदौ २०८० १२:१९ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast