आज बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

हिमाल प्रेस २२ भदौ २०८० ६:२७
2
SHARE
आज बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ- चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको हो।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भनी शुभकामना दिएका छन्।

प्रकाशित: २२ भदौ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast