उद्योग परिसंघको कर्णाली प्रदेश कार्यसमिति चयन

हिमाल प्रेस २९ मंसिर २०७९ १२:५३ | Thursday, December 15, 2022
उद्योग परिसंघको कर्णाली प्रदेश कार्यसमिति चयन

सुर्खेत- कर्णाली प्रदेशमा उद्योग परिसंघको सुरुवात गरिएको छ। नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले परिसंघको सुर्खेतस्थित सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको सुभारम्भ गरेका हुन्।

पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रियालगायत सचिवालय निर्माण गर्दै प्रथम साधारणसभा सम्पन्न गरेको छ।

साधारणसभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा अकलबहादुर शाही, भानुभक्त खड्का, कल्पना बिष्ट र पुष्पा शाही उपाध्यक्ष चयन भएका छन्।

साधारणसभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णालीमा अपार सम्भावना रहेको बताए। उनले प्रदेशमा रहेको जडीबुटी, ‘स्प्रिङ वाटर’लाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके कर्णालीको छिटो विकास हुने बताए।

प्रकाशित: २९ मंसिर २०७९ १२:५३ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast