टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान, यस्तो छ दुवै टिममा अन्तिम ११ को नामावली

हिमाल प्रेस १३ भदौ २०८० १४:५२
52
SHARES
टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान, यस्तो छ दुवै टिममा अन्तिम ११ को नामावली

काठमाडौँ- एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध टस जितेको छ। पाकिस्तानको मुल्तानमा सवा ३ बजेदेखि हुने नेपाल र पाकिस्तानबीचको खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ गर्ने निर्णय गरेको हो।

एसिया कप २०२३ को आयोजक पाकिस्तान रहे पनि प्रतियाेगिताका ९ खेल श्रीलंकामा हुनेछन्। ६ टिमकाे सहभागिता हुने प्रतियोगितामा नेपाल, पाकिस्तान  र भारत एउटा समूह तथा अफगानिस्तान, बंगलादेश र श्रीलंका अर्काे ग्रूपमा छन्।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ। पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो। एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि हात पारिसकेको छ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ। नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, गुल्शन झा, सोमपाल कामीm करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
त्यस्तै पाकिस्तानको प्लेइङ ११ मा फखर जमान, इमामउल हक, बाबर आजम, महम्मद रिजवान, इफ्तिकर रहमान छन्। त्यस्तै अघा सल्मान, शादब खान, महम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी, र ह्यारिस रौफ छन्।

प्रकाशित: १३ भदौ २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =