निष्ठाको राजनीतिबाट कतै चुकेको छैन : कानुनमन्त्री गुरुङ

हिमाल प्रेस १२ भदौ २०८० १८:३४ | Tuesday, August 29, 2023
निष्ठाको राजनीतिबाट कतै चुकेको छैन : कानुनमन्त्री गुरुङ

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँकतै नचुकेको दाबी गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त दाबी गरेका हुन्।

सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरूलाई आग्रह गरे।

मन्त्री गुरुङले मन्त्री सधैं नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए। जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो।

मन्त्री गुरुङले भने, ‘बिचौलिया हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन। त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो। निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो।’

प्रकाशित: १२ भदौ २०८० १८:३४ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast