एकनाथ ढकाल सांसद बन्नुलाई आयोगले भन्यो नैतिकताको विषय

हिमाल प्रेस २८ मंसिर २०७९ १५:३६ | Wednesday, December 14, 2022
एकनाथ ढकाल सांसद बन्नुलाई आयोगले भन्यो नैतिकताको विषय

काठमाडौँ- निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नुलाई नैतिकतासँग जोडिएको विषय भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया कानुनले यसलाई निषेध नगरेका कारण नैतिकताको विषय रहन पुगेको बताएका हुन्।

‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिकतर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रस्ट छैन,’ थपलियाले भने, ‘यो नैतिकतासँग जोडिएको विषय हो।’ तथापि यो आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए।

एमालेका तर्फबाट समानुपातिक सांसद बनेका एकनाथ ढकाल नेपाल परिवार दलका अध्यक्ष छ्न्। एमालेतर्फबाटै चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा भने पराजित भएका थिए।

प्रकाशित: २८ मंसिर २०७९ १५:३६ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast