समाजवादी मोर्चाको सन्देशसभामा चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने

हिमाल प्रेस १२ भदौ २०८० ८:३५ | Tuesday, August 29, 2023
समाजवादी मोर्चाको सन्देशसभामा चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने फाइल तस्बिर

लुम्बिनी- समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय घोषणा सभा तथा सन्देश सभा आज (मंगलबार) बुटवलमा हुने भएको छ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजे हुनेछ। घोषणा तथा सन्देशसभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव विप्लव सि र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लुम्बिनी घोषणासभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी पोलिटब्युरो सदस्य एवं लुम्बिनीका पूर्वी इन्चार्ज वसन्त सिले घोषणासभाको तयारीको पूरा भएको जानकारी दिए।

सन्देशसभामा लुम्बिनी प्रदेशस्तरीय मोर्चाको संयन्त्र समेत घोषणा हुने जनता समाजवादी पार्टीका राजनीतिक समितिका केन्द्रीय सदस्य मनिकर कार्कीले बताए। सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ।

१३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, र २५ गते कोशीको विराटनगरमा सभा गर्ने मोर्चाले जनाएको छ।

सरकारमा सहभागी तीन दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संसद्मै नभएको विप्लव नेतृत्वको नेकपा रहेको चार दलीय समाजवादी मोर्चा बनेको हो।

प्रकाशित: १२ भदौ २०८० ८:३५ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast