सिटिजन्स बैंकको कोल्हुवा शाखाले वितरण गर्‍यो कम्पोस्ट बिन

हिमाल प्रेस ११ भदौ २०८० १९:२२ | Monday, August 28, 2023
सिटिजन्स बैंकको कोल्हुवा शाखाले वितरण गर्‍यो कम्पोस्ट बिन

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलको नवलपुरस्थित कोल्हुवा शाखाले प्लास्टिक कम्पोस्ट बिन वितरण गरेको छ। बैंकको सामाजकि उत्तरदायित्वअन्तर्गत नवलपुरको मध्यविन्दुस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई कम्पोस्ट बिन हस्तान्तरण गरेको हो।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाई सो सामग्री हस्तान्तरण गरको हो। कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छामा प्रयोग भएका दैनिक उपभोग्य वस्तुहरू बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने अपेक्षा बैंकले गरेको छ।

कम्पोस्ट बिनको प्रयोगले जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली तथा ल्यान्डफिल क्षमतामा भार कम गर्ने विश्वास बैंकले गरेको छ।

प्रकाशित: ११ भदौ २०८० १९:२२ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast