 
                             
                                            काठमाडौँ- काठमाडौँ, बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा नाटक ‘हामी किन हाँस्ने’ मञ्चन हुने भएको छ। भदौ १२ गते मंगलबार साँझ साढे ५ मा नाटक मञ्चन हुनेछ।
डेनमार्कबाट आएकी रंगमञ्चकी शिक्षक रुथ लेर्चे क्रिस्टेन्सनको निर्देशन रहनेछ। एक महिनाको प्रशिक्षणपछि शिल्पीका कलाकारले ‘हामी किन हाँस्ने’ तयार पारेका हुन्। नाटक बालमैत्री रहेको शिल्पीले जनाएको छ।
                            प्रकाशित: ११ भदौ  २०८० १४:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 