मोटरहेडको ‘महाचाड महाबचत’ योजना

हिमाल प्रेस ११ भदौ २०८० १३:१७ | Monday, August 28, 2023
मोटरहेडको ‘महाचाड महाबचत’ योजना

काठमाडौँ- नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दसैँ तिहार र छठलाई लक्षित गर्दै ‘महाचाड महाबचत’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत कम्पनीले मोटसाइकलको मोडलअनुसार एक लाखसम्म छुट दिनेछ। जसमा २०२१ मोडलको खरिदमा एक लाख रुपैयाँ छुट पाइनेछ। २०२२ मोडलहरूमा २५ हजारदेखि ३५ हजारसम्मको छुट दिइने कम्पनीले उल्लेख गरेको छ।

योजनाअन्तर्गत मोटरसाइकल खरिद गर्नेमध्ये एकजना ग्राहकले आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर पुरस्कार पाउनेछन्। भदौ १० गतेदेखि सुरु भएको योजना छठसम्म कायम रहनेछ। कम्पनीले मोटरहेडका एमएच १५० आर, एक्स टर्क २२३, टेकन २५०, टेकन आर २५०, स्पोर्टस् २२३, स्क्रम्बल २५० लगायत मोडलका मोटरसाइकल विक्री गर्दै आइरहेको छ।

प्रकाशित: ११ भदौ २०८० १३:१७ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast