भ्रष्टहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन लागेका छन् : गृहमन्त्री

हिमाल प्रेस १० भदौ २०८० २१:०९ | Sunday, August 27, 2023
भ्रष्टहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन लागेका छन् : गृहमन्त्री

वीरगञ्ज- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज (आइतबार) आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पुर्‍याई छाड्ने दृढता व्यक्त गरे।

‘सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूलाठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्,’ उनले भने, ‘तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन, जसरी पनि अगाडि बढ्छ।’ सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पुर्‍याएर दोषीलाई कानुनी दायरामा ल्याउनले बताए।

भ्रष्टाचार र अनियमितताका जालोहरूलाई टुटाउँदै नेपालमा सुशासन कायम गरी आर्थिक समृद्धिको यात्रामा जाने सरकारको लक्ष्य रहेको उनको भनाइ छ। रासस

प्रकाशित: १० भदौ २०८० २१:०९ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast