कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी विमलाको उम्मेदवारी दर्ता

हिमाल प्रेस १० भदौ २०८० १४:५५ | Sunday, August 27, 2023
कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी विमलाको उम्मेदवारी दर्ता

काठमाडौँ- संसदीय समितिअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादीकी विमला सुवेदीले मनोनयन दर्ता गरेकी छन्। उनको प्रस्तावकमा माओवादीकै सांसद पूर्णबहादुर घर्ती र समर्थकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला र राप्रपाका सांसद ध्रुवबहादुर प्रधान छन्।

यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो। तर पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटालाई पछि हटाइएको थियो।

माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो। दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भए। पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन्।

प्रकाशित: १० भदौ २०८० १४:५५ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast