 
                             
                                            काठमाडौँ- फिल्म ‘महाजात्रा’ आगामी चैत ९ मा प्रदर्शनमा आउने भएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो।
फागु पूर्णिमाको अवसरमा प्रदर्शनमा आउन लागेको ‘महाजात्रा’ फिल्म ‘जात्रा’को तेस्रो भाग हो। फिल्म ‘जात्रा’ २०७३ सालमा प्रदर्शनमा आएको थियो भने त्यसको सिक्वेल ‘जात्रै जात्रा’ २०७६ सालमा रिलिज भएको थियो।
निर्माण पक्षद्वारा सार्वजनिक पोस्टरमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा वर्षा राउत र हरिवंश आचार्यको नाम छ। यी कलाकार नै फिल्ममा मुख्य भूमिकामा रहनेछन्। विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत सिरिजका अघिल्ला फिल्ममा पनि थिए। उनीहरू ‘महाजात्रा’मा दोहोरिने भएका छन्। ‘जात्रै जात्रा’मा अभिनेता दयाहाङ राईको अभिनय पनि थियो।
पोस्टरमा पैसाको बिटोले भरिएको ट्रक देख्न सकिन्छ। यस अर्थमा फिल्मको कथा पैसाको वरिपरि घुम्नेछ। षट्कोण आर्ट्सको ब्यानरमा बन्ने फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा रहनेछ। फिल्मको छायांकन भदौपछि सुरु हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 