धरानमा निषेधाज्ञा जारी

हिमाल प्रेस ९ भदौ २०८० ७:१८ | Saturday, August 26, 2023
धरानमा निषेधाज्ञा जारी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुनसरीले राति १२ बजेदेखि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक भेला प्रदर्शन नगर्नरनगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

धार्मिक, साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐनबमोजिम शुक्रबार मध्यरातिदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

यसैबीच, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायम गर्नका लागि नगरवासीमा अपिल गरेका छन् ।

प्रकाशित: ९ भदौ २०८० ७:१८ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast