विराटनगरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सचेतना गोष्ठी

हिमाल प्रेस ८ भदौ २०८० २०:१० | Friday, August 25, 2023
विराटनगरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सचेतना गोष्ठी

विराटनगर- पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाबारे विराटनगरमा गोष्ठी गरिएको छ। लिक्विड बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले …सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी गरिएको हो।

गोष्ठीको पहिलो दिन लिक्विड बेस्ड साइटोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको थियो। सो कार्यशालामा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्त्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि-क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।

गोष्ठी भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी) को मुख्य आयोजनामा भएको हो। बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक भएको बताए। तर पनि न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको उनको भनाइ छ। दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठीमा चिकित्सा क्षेत्रका ७० भन्दा बढी विज्ञहरूको सहभागितामा थियो।

विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा सम्पन्न उक्त गोष्ठीमा प्याथोलोजिस्ट, प्रसूति तथा स्त्री रोग विशेषज्ञका लागि विशेष प्रस्तुति दिइएको थियो।

बीडी विश्वको सबैभन्दा ठूलो मेडिकल टेक्नोलोजी कम्पनीहरूमध्ये एक हो। चिकित्सा खोज, निदान र हेरचाहको डेलिभरीमा सुधार गर्ने लक्ष्यसहित अघि बढेको बीडीले जनाएको छ। बीडीले लागत कम गर्न, दक्षता बढाउन, सुरक्षा सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न मद्दत गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ भदौ २०८० २०:१० | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast