बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

हिमाल प्रेस ८ भदौ २०८० १८:४४ | Friday, August 25, 2023
बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन्।  शुक्रबार काठमाडौँमा बागमती प्रदेशका चार जिल्लाको समर्थनसहित खड्काले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।  खड्का हाल क्रिकेट संघ काठमाडौँका कार्यसमिति सदस्य हुन्।

उनलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरूले समर्थन गर्ने घोषणा गरेका छन्। पारसलाई चितवन र नुवाकोट जिल्लाले भने अहिलेसम्म समर्थन गरिसकेका छैनन्।

यसैगरी संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको छ। बागमती प्रदेशीक क्रिकेट संघको निर्वाचन भदाै १५ गते हुँदैछ।

प्रकाशित: ८ भदौ २०८० १८:४४ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast