सरकार निर्माणको प्रत्यक्ष असर प्रदेशसभामा, संसद् अधिवेशन अन्त्य

हिमाल प्रेस ७ भदौ २०८० ६:४३ | Thursday, August 24, 2023
सरकार निर्माणको प्रत्यक्ष असर प्रदेशसभामा, संसद् अधिवेशन अन्त्य

काठमाडौँ- मुख्यमन्त्री नियुक्तिमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच टकराव बढेसँगै कोशी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अन्त्य गरेका हुन्।

एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ।

गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत लिएका थिए। जसको विरोधमा एमालेले आज संसद् अवरुद्ध गरेको थियो । उसले सर्वोच्च अदालतमा पनि रिट दायर गरिसकेको छ।
मुख्यमन्त्री नियुक्ति गैरसंवैधानिक भन्दै एमाले-राप्रपाले बुधबारको सभा बैठक बहिस्कार गरेका थिए। उनीहरूले प्रदेशसभा र मुख्यमन्त्रीलाई गैरसंवैधानिक काम गर्ने छुट नभएको बताएका थिए।

प्रकाशित: ७ भदौ २०८० ६:४३ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast