गण्डकी प्रदेश क्रिकेट संघमा नयाँ कार्यसमिति

हिमाल प्रेस ६ भदौ २०८० २१:४७ | Wednesday, August 23, 2023
गण्डकी प्रदेश क्रिकेट संघमा नयाँ कार्यसमिति

पोखरा- गण्डकी प्रदेश क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार भएको साधारणसभाले उनको अध्यक्षतामा आगामी ४ वर्षका लागि १२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

यसअघि कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष रहेका सिग्देल पोखरा पर्यटन परिषद्का महासचिव पनि हुन्। कार्यसमिति उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ), कोषाध्यक्षमा दिवाकार थापा (स्याङ्जा) निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा छन्।

प्रकाशित: ६ भदौ २०८० २१:४७ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast