कोरोनाविरुद्धको ‘बुस्टर डोज’ अभियान

हिमाल प्रेस ६ भदौ २०८० २०:४० | Wednesday, August 23, 2023
कोरोनाविरुद्धको ‘बुस्टर डोज’ अभियान

काठमाडौँ- जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिइन्।

भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ। उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताइन्। उनले दोस्रो बुस्टर लगाउने संख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्।

सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेकी छन्। प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो।

प्रकाशित: ६ भदौ २०८० २०:४० | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast